Logo

बुधबार, जेठ ११ गते २०७९

जनयुद्धका सम्झनाहरू

जनयुद्धका सम्झनाहरू

कालीगण्डकी खबर

१, फागुन २०७८
  • 3.2K
    SHARES
  • जनयुद्धका सम्झनाहरू

    गणेश पंज्ञानी । २०५२ साल फागुनबाट शुरु भएको माओवादी द्वन्द देशैभरी सल्किएको थियो । मैलै पनि जनयुद्धमा लाग्ने मन बनाएँ तर कसैसँग सम्पर्क थिएन, हाम्रोतिरको माओवादीमा लागेका कोही नेता बारे थाहा थिएन । पछि अमिलाथुम पढाउने माओवादी समर्थक शिक्षक हरि खनालसँग सम्पर्क ग¥यौं, उहाँलाई पछि नेपाली सेनाले बेपत्ता पा¥यो । हाम्रो पुरानो घरमा समिति गठन ग¥यौं । सुरुका दिनहरूमा हामीले प्रचारात्मक कार्यक्रमहरू ग¥यौं । भित्ते लेखन ग¥यौं, राँके जुलुश निकाल्यौ“ र पाएसम्म सकेट बम पड्काउन थाल्यौँ ।

    जनयुद्धको प्रभाव चापाकोटमा पनि विस्तारै बढ्दै गयो । विभिन्न साथीहरूले सम्पर्क गर्न थाल्नुभयो । समाजका विभिन्न समस्याहरूमा हामीलाई सामेल गर्न थाले । समाजका धेरै पहिलेदेखिका समस्यालाई हामीले समाधान दिन थाल्यौँ । अंशबण्डा र अन्य घरायसी समस्याहरूलाई पनि समाधान गर्न थाल्यौं । माओवादीका नेताहरू आउने क्रम पनि बढ्यो । पार्टीको नीति अनुसार चन्दा उठाउन भनियो । चन्दा नउठाउँदा पार्टी नमान्ने, चन्दा उठाउन मन नमान्ने दोधार भयो । मैले चन्दा उठाउन जान इन्कार गरें तर समाजका मान्छेहरू मलाई पनि शंका गर्दथे ।

    त्यसपछि पार्टीका टाढा टाढाका कार्यक्रममा पनि जान थाल्यौँ । सुरुका दिनमा जति सक्रिए भएता पनि चन्दा उठाउने कार्यहरू र भौतिक कारवाही गर्ने कार्यहरूले गर्दा मलाई विस्तारै मन मर्न थालिसकेको थियो । म धेरै जसो कार्यक्रममा नगएर घरमै बस्न थालेको थिएँ । मलाई बढुवा गरी कमाण्डर बनाउने आश्वासन दिन थालेका थिएँ । तर मैले वास्ता गरिन । काठमाडौंमा आमा विरामी हुनभएको खबर आएकोले म काठमाडौं गएँ र केही दिनमा फर्किएँ ।

    त्यतिबेला हाम्रोतिर माओवादीको चहलपहल बढी नै थियो । उनीहरूको नियमित कार्यक्रम भइरहन्थ्यो । चन्दा उठाउने क्रम पनि बढी नै थियो ।चन्दाको रकम बढ्दै गइरहेको थियो । त्यति नै बेला यामेस गैह्रे भाइ र बम बहादुर दाइलाई ठकुरी गाउँमा चन्दा उठाउन पठाएछन्, गाउँलेले लखेटेछन् । उनीहरू पनि ज्यान जोगाउन ग्रिनेट पड्काउँदै भागेछन् । सुन्तलीटार, किसान, आँधिघाटतिर पनि चन्दा उठाउने कामलाई तीव्रता दिइएको थियो ।

    images
    images


    २०५८ सालको दशैंतिरको कुरा हो । माओवादीको चन्दा उठाउने कार्यका बारेमा असन्तुष्टि सुनिन थालेको थियो । जबर्जस्ती चन्दा उठाएर अन्याय गरेकोले यसको विरोध गर्नुपर्छ भन्ने एकथरीको आवाज थियो भने यो देशभरीको समस्या भएकोले विरोध गर्न हुदैन भन्ने पनि थियो । दशैपछि केही व्यक्तिहरू मिलेर यस्तो अन्यायको विरोध गर्नुपर्छ भनेर सल्लाह गर्नुभयो । त्यसपछि किसानको झरिकटुवादेखि बोटेटारसम्म भित्ते लेखन भयो । 
    भित्ते लेखनमा “हिंस्रक हातहतियार प्रदर्शन बन्द गर । चन्दा आतंक बन्द गर । जबर्जस्ती चन्दा असुल गर्न पाईदैन ।” जस्ता नाराहरू लेखिएको थियो । 

    म दोधारमा थिएँ । एकातिर मेरो समाज थियो भने अर्कोतिर मेरो आस्था थियो । जवर्जस्ती चन्दा उठाउने कार्य मलाई पनि मन परेको थिएन । तर जनयुद्ध देशको आवश्यकता हो भन्नेमा विश्वास गर्दथेँ । तैपनि म समाजका सबैसँग सगै हिडिरहेको थिएँ ।

    भोलिपल्ट कार्तिक १४ गते बोटेटारमा एउटा बिरोध कार्यक्रम तयारी गरिएछ ।साथीहरूले जाउँ भनेपछि म पनि त्यहाँ गएँ । त्यहाँ रामचन्द्र सर, गुप्त सर बोल्नु भयो । मलाई पनि सरहरूले जोड गर्नुभएको थियो । म बोलिनँ । तल गोलो चौपारीमा कार्यक्रम चलिरहेको बेलामा एउटा ट्याक्टरमा पकवादीतिरमा माओवादीहरू आए । केहीले उनीहरूलाई त्यही रोकेर छलफल गर्ने भन्न थाल्नुभयो । त्यो उचित हुँदैन भन्ने मत धेरै भयो । उनीहरू किसानतिर लागे ।

    किसानमा भएको भित्ते लेखन उनीहरूले देख्ने नै भए । जजसको घरमा भित्ते लेखन भएको थियो, उनीहरूका घरमा पस्दै थर्काउन थालेछन् । त्यो नमेटेमा भौतिक कारवाही गर्ने चेतावनी दिएछन् । घरका बूढी आमाहरू रुदै बोटटारमा भएको कार्यक्रममा आउनु भयो । त्यसपछि कार्यक्रममा भएका धेरै जना उत्तेजित हुन थाले । उनीहरूलाई कारवाही गर्ने भन्न थाले । उनीहरूसँग हतियार भएकोले त्यसो गर्न हुदैन भनेर हामीले सम्झायौं ।

    माओवादीहरू माथिल्लो फूलबारीमा भएको खबर आयो । कार्यक्रममा भएकाहरू त्यतै लागे । अरुहरू पनि त्यहाँ पुगे । ठूलो भीड जम्मा भयो । नारावाजी सुरु भयो । माओवादी मुर्दावाद, हिंस्रक हात हतियार बन्द गर, चन्दा आतंक बन्द गर जस्ता नारा लागिरहेका थिए । उनीहरूले अगाडि बढे हतियार चलाउन बाध्य हुन्छौँ भन्न थाले । हामीले बैठक बसेर सहमति गरौँ भन्यौँ । उनीहरू तयार भए । रामचन्द्र सर, गितानाथ सर, नारद दाइ र म भित्र जाने उनीहरूसँग वार्ता गरेर सहमति गर्ने कुरा भयो । वार्तामा सहमति भयो । 
    जबर्जस्ती चन्दा नउठाउने, हातखुट्टा भाँच्छौँ भनेको फिर्ता लिने, हातहतियार प्रदर्शन नगर्ने जस्ता ४/५ बुँदामा सहमति गरेर तल झरेर सुनाउँदै थियौँ, केही महिलाहरू “मा¥यो मा¥यो” भनेर कराउँदै आउनुभयो । माहौल नै बिग्रने अवस्थामा पुग्यो । माओवादीहरू त्यहाँबाट हिँडिहाले ।

    यामेश गैह्रे र हरि खनाल भुजातमा खाना खाई सुन्तलीटार हुँदै रातको करिब नौ बजेतिर आउँदै रहेछन् । उनीहरू पार्टीको पूर्णकालिन कार्यकर्ता भएकोले पार्टी कामका लागि आएका रहेछन् । त्यहाँ पार्टीको कामसँग जोडिएर अन्त जाने कार्यक्रम बनाएका रहेछन् । माथिल्लो फूलबारीको पिपलको रुखनेर आइपुगेको बेला लुकेर बसेका केही व्यक्तिहरूले उनीहरूलाई खुकुरी प्रहार गरेछन् । त्यही देखेर महिलाहरू आत्तिदै कराउँदै आउनु भएको रहेछ ।

    एकछिन त अलमलमा प¥यौँ । हामी घटनास्थलतिर गयौँ । एकजनालाई अस्पतालतिर लगेको रहेछ । म अस्पताल पुग्दा टाउकोमा र हातमा खुकुरीले काटेको बेहोस भएको हरि खनाललाई देखेँ । हातको पाखुरो आधा काटिएको थियो । रगत छुर्रछुर्र गइरहेको थियो । स्वास्थ्य चौकीका इन्चार्ज हुम बहादुर सरले “हातको नसा बाँधेर यहाँ हुँदैन, बमिट गरेको छ, टाउकोमा चोट छ, छिटो पोखरा लैजानू” भन्नुभयो । यामेशका बारेमा केही पत्तो पाइएन । 

    यातायातको समस्या भयो । विपीसीको ट्याक्टरलाई अनुरोध ग¥यौं । उहाँहरूको ट्याक्टरमा गल्याङसम्म लैजाने सल्लाह भयो । मसँग खासै पैसा थिएन । केही रकम सापटी लिएर श्रीदेव, बमबहादुर, जगन्नाथ र म भएर हरि खनाललाई पोखरा लैजान हिँडियो । भोलिपल्ट पोखरा मणिपालमा पुगियो । त्यहाँ पुलिस केस सुरु हुन लाग्यो । पार्टीको नेताहरूसँग सम्पर्क गर्दा “तुरुन्त अस्पतालबाट बाहिर ल्याऊ” भनियो । पुलिसको आँखा छलेर ट्याक्सी लिएर बाहिर निकाल्यौँ । त्यो बेलासम्म बिरामी तलको कम्ब्याट कपडासितै थिए । बाहिर ल्याउँदा पार्टीको सम्पर्क मान्छे आएर हेरे । कपडा फुकाल्न लगाए अर्काे फेरिदिए र फेवा सिटी अस्पतालमा भर्ना गरे । भोलिपल्ट नेकोन एअरमा टिकट काटेर बिरामी रेफर गरेर हामीलाई काठमाडौँ पठाए । एअरपोर्टमा एम्वुलेन्स लिन गयो । बि.एण्ड बि. अस्पताल हुँदै थापाथलीको नर्भिक अस्पतालमा पु¥याइयो । चार दिनका दिन हरि खनालको मृत्यु भयो । टिचिङ अस्पतालमा पोष्टमार्टम सकेर पार्टीले नाराजुलुस सहित पशुपति आर्यघाटमा अन्तिम संस्कार ग¥यो ।

    जब म घर जाने तयारीमा थिएँ । उता यामेसको लास घटनास्थलनेर नै भेटिएछ । अनि पार्टीको कार्यक्रम गर्नेहरू आएर कार्तिक १७ गते गुप्त सर, शंकर दाइ, नेत्र दाइलगायत धेरैलाई आआफ्नो घरमा बसेको बेलामा कब्जामा लिएछन् । कार्बाहीको नाउँमा गुप्त सर र शंकर दाइ दुईजनालाई बोटेटारनिर तीनदोबाटेको पोखरीमाथि घुँडादेखि तल खुट्टा छियाछिया पारेर मरणासन्न हुनेगरी कुटेर छाडेछन् । रेशमलाल श्रेष्ठलाई कुटेछन् । कसैले अस्पताल लगेमा उनीहरूलाई पनि यस्तै कार्बाही गर्छाैँ भनेर धम्की दिएर हिँडेछन् । मलाई अहिले पनि लाग्छ– म भएको भए अरु जस्तो डराएर बस्दिनथेँ । गुप्त सरलाई पनि अस्पताल पु¥याउन सकिन्थ्यो । धेरैजना डराएर गाउँ छोड्नु भएछ ।

    अपहरण वा कब्जा गरेर लगेकाहरू अरु त छाडिएछन्, तर नेत्र भण्डारी दाइलाई साँखरमा लगेर मारे भन्ने सुनेँ । शंकर भण्डारी दाइलाई काठमाडौँमा ल्याइएछ । शिक्षण अस्पतालमा भेट्न गएँ । अस्पतालमा त्यहाँ भेट्न आएका कसैेले “ऊ माओवादी आयो, उता हानेर यहाँ भेट्न आएको छ” भने । सुने, नसुने जस्तै गरेँ ।

    उता गुप्त सर र नेत्र दाइ मरेपछि किन पाटीमा हिँडेछु भनेर पश्चाताप पनि लाग्यो । घर जान मन लागेन । उता सैनिकहरू गाउँ सर्च गर्न आएछन् । उनीहरूले कृष्ण अधिकारी, राजन सुवेदी, तुल्सी पंगेनी, पुरण भण्डारी, मोहन भट्टराईलगायतलाई पक्रेर लगेछन् । कृष्ण अधिकारी, राजन सुवेदी, तुल्सी पंगेनीलाई मारेछन् । पुरण बा र मोहन दाइ जेलमा राखेकोले बाँच्नु भएछ । म घरमा गएर बसेको भए मलाई पनि मार्थे होला भन्ने लाग्छ ।

    म काठमाडौँ हुँदा पनि घलौंसामा हेलिकप्टरबाट सैनिकहरू ओर्लेर सर्च गर्दै जाँदा हाम्रै गाउँको कसैले चौतारी मुनी हाम्रो घर हो भनेर चिनाइदिएछ । उनीहरूले झुक्किएर सारु दाइको घर घेरेछन् । पछि हाम्रो घर चिनेर हाम्रो घर घेरेर मेरो बारेमा सोधपुछ गरेछन् । बुबालाई कुटपिट गरेछन् । आत्मसमर्पण नगरेमा तेरो छोरालाई भेटे मारिदिन्छौ भनेर मेरा सबै फोटोहरू लगेछन् ।

    जनयुद्ध त देशभरी नै थियो । सबै ठाउँमा एकै प्रकारको प्रभाव थिएन । मलाई लाग्छ– जनयुद्धमा चापाकोटले धेरै गुमायो । हामीले समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरू गुमायौँ । घरबाटै पक्रेर लगेर मान्छे मारेको देख्यौं । अझै पनि घाइतेहरू हुनुहुन्छ । उहाँहरूको अवस्था राम्रो छैन ।
     
    केका लागि यस्तो भयो ? त्यति धेरै गुमाएपछि पनि राजनीतिले ठीक बाटो लिएको  भए चित्त बुझाउन सकिन्थ्यो होला । हामीले राजनीतिलाई राम्रोसँग बुझेनौ कि ? द्वन्द्व के हो भन्ने राम्ररी जानेनौ कि ? राष्ट्रिय द्वन्द्वलाई एक अर्काको रिस फेर्ने साधन पो बनायौँ कि ? राजनीतिले गर्दा हामीले गुमायौँ मात्र । पाउनुपर्ने केही पाएनौँ । हामी कांग्रेस, एमाले  र माओवादीमा बाँडियौँ । एक अर्कामा रिसइवि राख्यौ“ । नेताहरूको स्वार्थपूर्तिको साधन मात्र बन्यौँ । हामी एक आपसमा मिल्न सकेको भए चापाकोटबाट ती होनाहार व्यक्तित्वहरू 
    गुमाउनु पर्दैनथ्यो कि ?

    अहिले पनि धेरै साथीहरूले सक्रिय राजनीति गर्न अनुरोध गर्नुहुन्छ । अहिलेको राजनीतिमा बेथिति मात्रै देखिन्छ । मन मरेर आउँछ । त्यसैले कसैको कार्यक्रममा हिँड्न मन लाग्दैन । राजनीति गर्न मन लाग्नेले गर्ने न हो । साथीहरू राजनीतिमा मन दिएर लागेको देख्दा खुसी नै लाग्छ । तर राजनीतिको नाममा एक आपसमा रिसइवि गरेको मन पर्दैन । सबै 
    पार्टीहरू मिलेर काम गरुन् भन्ने लाग्छ । 

    जेहोस् अब त्यस्तो कहिल्यै नहोस् । त्यस्ता आन्दोलन नहोस्, जसमा कसैले ज्यान गुमाउनु परोस् । अब हामी सबैलाई सद्बुद्धि आओस् । विभाजनको राजनीति होइन,सबै मिलेर बस्ने राजनीति होस् । हामी सबैलाई आ–आफ्ना कमीकमजोरी सुधारेर मिलेर चापाकोट बनाउने राजनीति गर्न मन लागोस् ।

    ...............
    जनसेवा स्मारिकाबाट साभार

    प्रकाशित मिति :फागुन १, २०७८ आइतबार - ११:५२:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology