तनहुँ, ७ चैत्र । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।
अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।
प्रतिवेदन पेस गरिए पनि अनुसन्धान कार्य प्रहरी र सरकारी वकिल दुवैको समन्वयमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
भरर्खरै कागजात रुजु गर्ने कार्य भइरहेको सरकारी वकिल कार्यालय तनहुँका सरकारी वकिल रामचन्द्र शर्माले बताउनुभयो ।
प्रहरीले गर्नुपर्ने अनुसन्धान कार्यमा छुटेको भए पुनः प्रहरी कहाँ पठाउनुपर्छ यदि अनुसन्धान कार्य पूरा भएको देखिएमा शाहविरुद्ध अभियोग बनाएर अदालतसमक्ष पेस गरिने छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।