Logo

बुधबार, जेठ ११ गते २०७९

‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’

‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’

कालीगण्डकी खबर

११, चैत २०७८
  • 586
    SHARES
  • ‘वनकरियाको माग राज्यले पूरा गर्न सक्छ’

    हेटौँडा, ११ चैत । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालभरमध्ये मकवानपुरमा मात्र रहेको वनकरिया समुदायको माग राज्यले पूरा गर्न सक्ने बताउनुभएको छ । 

    images
    images

    वनकरिया समुदायमा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको स्थानीय तहहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति तालिममा उहाँले वनकरियाको गाँस, बास र कपासको जिम्मा राज्यको रहेको र त्यसमा पनि अति लोपोन्मुख जातिका रूपमा रहेको यस समुदायको माग सम्बोधन गर्नुपर्ने प्रमुख शर्माको भनाइ छ ।

    वनकरिया बस्तीको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री पाण्डे
    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सीमान्तकृत एवं लोपोन्मुख वनकरियाको बसोबासको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको वनकरिया बस्तीमा पुगेर उहाँले वनकरियाको समस्या समाधान गर्नेमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । 

    मुख्यमन्त्री पाण्डेले पर्सा वन्यजन्तु आरक्षको क्षेत्राधिकारभित्र रहेको वनको क्षेत्रमा बसोबास गर्दै आइरहेको उक्त बस्तीलाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणसहितको बस्ती बनाएर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो । 

    उहाँले वनकरिया बस्ती नजिकै रहेको विपन्न चेपाङ बस्तीसहित बस्ती स्थानान्तरण गरिने बताउनुभयो । आफ्नो समस्या सम्बन्धित निकायमा भन्नलाई समेत शिक्षाको आवश्यकता पर्ने जनाउँदै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन अनुरोध गर्नुभयो । 

    वनकरिया समुदायकी मुखिया सन्तमाया वनकरियाले आफूहरूको मुख्य समस्या भनेको जग्गाको रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

    मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले वनकरिया समुदायका लागि पालिकाले प्राविधिक शिक्षामा छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमा गरिदिने जानकारी गराउनुभयो । 

    प्रकाशित मिति :चैत ११, २०७८ शुक्रबार - ०८:०६:५० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology