Logo

मंगलबार, असार २१ गते २०७९

काँग्रेस वालिङः मेयरमा  ८ र उपमेयरमा ९ जनाको आंकाक्षा

काँग्रेस वालिङः मेयरमा  ८ र उपमेयरमा ९ जनाको आंकाक्षा

कालीगण्डकी खबर

२७, चैत २०७८
  • 5.8K
    SHARES
  • काँग्रेस वालिङः मेयरमा  ८ र उपमेयरमा ९ जनाको आंकाक्षा

    स्याङ्जा, २७ चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस वालिङबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि ८ र उपमेयरमा ९ जनाले आकांक्षा देखाउनुभएको छ ।

    images
    images

    वालिङ नगरपालिकामा आज भएको छलफलमा वर्तमान मेयर, पूर्वमेयर सहित ८ जनाले मेयर बन्नलाई आकांक्षा देखाउनुभएको वालिङ नगरपालिका नगर कार्यसमितिका सचिव राजु तिवारीले जानकारी दिनुभयो ।

    हालका मेयर दिलिप प्रताप खाँण, पूर्व मेयर भोजराज अर्यालसँगै केदार काफ्ले, कल्पना तिवारी, दामोदर लम्साल, लक्ष्मी प्रसाद रेग्मी, अर्जुन प्रकाश अर्याल र नेत्र प्रसाद पाण्डेले स्थानीय तहको निर्वाचनको लागि मेयर पदमा उम्मेदवारी बन्ने आकाक्षा देखाउनुभएको हो । 

    त्यसैगरी उपमेयरमा कविता तिवारी गैह्रे, शोभा गैह्रे, अर्जुन प्रसाद खनाल, कविता भुषाल, रेखा थापा, बसन्त कुमार मल्ल, यूगमाया पंगेनी, मैयादेवी लम्साल र पदमराज गुरुङले आकाक्षां देखाउनुभएको नगर सचिव तिवारीले बताउनुभयो ।

    यो पनि पढ्नुहोस् :- काँग्रेस चापाकोटः मेयरमा १३ र उपमेयरमा ८ जनाको आकांक्षा

    प्रकाशित मिति :चैत २७, २०७८ आइतबार - २०:२२:२८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology