गुल्मी, १२ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा गुल्मीको मदाने गाउँपालिका वडा नं ७ बाट नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका सन्तोष केसीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
समाजशास्त्रमा स्नाकोत्तर गर्नुभएको केसीको प्रतिबद्धतामा घर घरमा करेसाबीरीदेखि स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने अभियान सञ्चालन गर्नेसम्मका रहेका छन् ।
मदाने गाउँपालिका वडा नं. ७ को नेपाली काँग्रेसको वडा अध्यक्षको प्रतिबद्धता:
१. प्रत्येक घरमा करेसाबारी निर्माणमा जोड दिने ।
२. आयातित वस्तुहरुको न्युनिकरण गर्दै निर्यातमा जोड दिने ।
३. समुहगत खेतिपाति गर्ने कृषकहरुलाई, मल बिउ, किटनाशक औषधि, कृषि औजार आदि सर्वसुलभ वितरण गर्ने।
४. बच्चादेखी वृद्धसम्म छोरीदेखी बुहारी बिचका समस्याको पहिचान गरी समाधान गर्ने परिपाटिको विकास गर्ने ।
५. स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने अभियान संचालन गरिने ।
६. शिक्षामा गुणस्तर सुधार्न तालिम, सेमिनारद्धारा शिक्षकहरुलाई प्रोत्साहित गरिने ।
७. विगतमा सञ्चालन रहेका विकाश आयोजनाहस्लाई निरन्तरता प्रदान गर्ने ।
८. विद्यालयको भौतिक संरचनाको अध्यन गरि पुर्वाधार निमार्ण गरिने ।
९. गोरु पाल्ने कृषकलाई प्रोत्साहित गर्ने ।
१०. सुत्केरी गाई भैसीलाई पोसिलो आहार खुवाउन कृषकलाई अनुदानको ब्यवस्था गरिने ।
११. कृषि फर्म, बाख्रापालन, कुखुरा फर्म, मत्स्यपालन ब्यवस्थालाई प्रोेत्साहित गरिने कार्यक्रम ल्याउने ।
१२. अस्कुना, तिखिचुली पर्यटन पुर्वाधार विकासमा निरन्तरता दिदैँ पर्यटकहरुलाई बस्नको लागी होम स्टेको ब्यवस्था मिलाउने ।
१३. सिंचाई भएको स्थानमा स्थलगत अध्यन गरि उचित सिंचाइको ब्यवस्था मिलाउने ।
१४. साना तथा मझौला उद्योगमा जोड दिने ।
१५. स्थानीय सिपकार, चित्रकार, सुचिकारहहरुलाई उचित तालिमको ब्यवस्था गर्ने ।
१६. कृषि उपज उत्पादन तथा उचित भण्डारणको ब्यवस्थामा जोड दिने ।
१७. नगदेवाली उत्पादन हुने क्षेत्रको पहिचान गरि कृषकलाई अनुदानको ब्यवस्था मिलाउने ।
१८. स्थानीय आवश्यकताको पहिचान गरि समस्या समाधान गर्दै आवश्कतालाई प्राथमिकरण गर्दै विकासमा जोड दिने ।
१९. समग्र भनभनेको समृद्धिको लागि भनभनेबाट विभिन्न क्षेत्रमा सेवारत तथा बसोबास गर्ने महानुभावहरुको अनुभव, राय सल्लाह परामर्श लिई अगाडि बढ्ने ।
२०. स्थानीय बासिन्दाले प्रत्यक्ष फाईदा लिने कार्यक्रमको ब्यवस्था मिलाउने ।
२१. बाँझा रहेका जग्गा जमिनकको उचित ब्यवस्थापन गर्ने ।
२२.बसाईसराई दर कम गर्ने उपाय अवलम्न गर्ने ।
२२. बालबालिका तथा दीर्घ रोगीहरुको पहिचान गरि तिनिहरुको उचित ब्यवस्था मिलाउने ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।