विराटनगर, १६ वैशाख । नेपाल राष्ट्र बैंक कर्मचारी संघको ३३औँ स्थापना दिवसको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा प्रदेशस्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं। १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाबाट १५ टीमको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा निर्जल घिमिरे र शोभा सिलवाल सम्मिलित नेपाल राष्ट्र बैंक प्रथम भयो भने सुरज श्रेष्ठ र गगन कुमार मण्डल सम्मिलित एभरेष्ट बैंक दोस्रो तथा संजीव कोइराला र योगेन्द्र राज खत्री सम्मिलित कृषि विकास बैंक तेस्रो भयो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष श्री चन्दन सिंह चौधरीको सभापतित्व तथा नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख, निर्देशक श्री मीना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
विजयी टीमलाई सभापति, प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका सचिव अशोक रेग्मी र स्वागत मन्तव्य सहसचिव रगेन्द्र साम्बाले गर्नुभएको थियो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।