Logo

बुधबार, जेठ ११ गते २०७९

कण्डम 

कण्डम 

कालीगण्डकी खबर

२०, वैशाख २०७९
  • 490
    SHARES
  • कण्डम 

    यतिबेला 
    केही कण्डमका व्यापारीहरु
    सडकमा निःशुल्क वितरण गर्दैछन्
    कण्डमका प्याकेटहरु

    images
    images

    कसरी
    चटकीले झैं
    खल्तीबाट निकालेर प्लेजरेबल कण्डम
    ती व्यापारीहरुले हामीलाई 
    हात–हातमा बाँडिरहेका छन्
    सुनौला सपनाहरु 

    अहिले बजारमा
    निकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरु
    र प्रदर्शनीमा छन् ती कम्पनीहरुबाट 
    उत्पादित अनेक रङका कण्डम 

    कण्डम व्यापारीहरुको
    अहिले बजारमा निकै होहल्ला छ 

    उनीहरु नियोजित छन् 
    र, गर्दैछन् हाम्रा मस्तिष्कहरुको नियोजन
    र बिस्तारै हाम्रा सपनाहरुको
    गर्दैछन् भ्रुण हत्या  

    हाम्रा मौन मुद्राहरुलाई हेरेर
    चटकीले झैं 
    ती कण्डम व्यापारीहरु
    कसरी कुशलतापूर्वक आफूलाई 
    प्रदर्शन गरिरहेछ 
    सडकमा !

    हाम्रा छायाँहरुलाई कुल्चिएर
    कसरी मुस्कुराइरहेछ 
    त्यो कण्डम व्यापारी ?
    निर्लज्ज 

    र, कसरी कण्डमको 
    ब्राण्ड एम्बेसडर बनेको छ यो सत्ता ? 

    अनिल श्रेष्ठ
    आँबुखैरेनी, तनहुँ

    प्रकाशित मिति :वैशाख २०, २०७९ मंगलबार - १५:४८:५० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology