Logo

बुधबार, जेठ ११ गते २०७९

राष्ट्रिय भलिबल: आर्मीको जित

राष्ट्रिय भलिबल: आर्मीको जित

कालीगण्डकी खबर

२०, वैशाख २०७९
  • 340
    SHARES
  • राष्ट्रिय भलिबल: आर्मीको जित

    काठमाडौँ, २० वैशाख । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। 

    images
    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । 

    जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । यसअघि आर्मीले एपीएफ क्लब र गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।   

    आजको खेलमा आर्मी गल्कोटमाथि २५–१२, २५–११ र २५–२२ को सेटमा पराजित गर्दै विजयी भयो । जितसँगै आर्मीले तीन खेलमा नौ अङ्क जोडेर शीर्ष स्थान बनाएको छ । यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो । 

    लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् । विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछ । 

    प्रकाशित मिति :वैशाख २०, २०७९ मंगलबार - १८:३२:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology