Logo

बुधबार, जेठ ११ गते २०७९

सरकारद्वारा थप आठ दिन सार्वजनिक बिदा दिने !

सरकारद्वारा थप आठ दिन सार्वजनिक बिदा दिने !

कालीगण्डकी खबर

२१, वैशाख २०७९
  • 2.8K
    SHARES
  • सरकारद्वारा थप आठ दिन सार्वजनिक बिदा दिने !

    कर्णाली, २१ वैशाख । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक  प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । 

    images
    images

    प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । 

    सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते  प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । 

    ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।

    त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो । 

    साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने सचिव भुसालले बताउनुभयो । 

    उहाँका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :वैशाख २१, २०७९ बुधबार - ०७:३५:५६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology