Logo

बुधबार, जेठ ११ गते २०७९

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

रासस

२२, वैशाख २०७९
  • 319
    SHARES
  • शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

    बागलुङ, २२ वैशाख  । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ ।

    images
    images

    एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताउनुभयो । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उहाँको भनाइ छ । 

    एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिता विरुद्ध हुने कुनै पनि कार्य नगर्न÷नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचारसंहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ । 

    दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताउनुभयो ।

    प्रकाशित मिति :वैशाख २२, २०७९ बिहीबार - १६:२०:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology