Logo

बुधबार, जेठ ११ गते २०७९

चापाकोटबाट खुकुरीसहित रामपुरका युवा पक्राउ

चापाकोटबाट खुकुरीसहित रामपुरका युवा पक्राउ

कालीगण्डकी खबर

२४, वैशाख २०७९
  • 7.5K
    SHARES
  • चापाकोटबाट खुकुरीसहित रामपुरका युवा पक्राउ

    स्याङ्जा, २४ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिकाबाट खुकुरीसहित एक युवा पक्राउ परेका छन् । 

    images
    images

    चापाकोट नगरपालिका वडा नं ९ सुन्तौलिटारबाट रामपुर नगरपालिका ५ बेझाड बस्ने २३ वर्षी बाबुराम श्रेष्ठलाई खुकुरीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायव उपरीक्षक खर्क नारायण शाहले जानकारी दिनुभयो । 

    शाहका अनुसार आज बिहान ७ः१५ बजे शस्सत्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रुपमा गस्तीमा निस्किएको टोलीले चापाकोट बजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा ना २४ प ९१०७ नम्बरको मोटरसाइकल चालकको झोलाबाट खुकुरी बरामद गरिएको हो ।

    मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    निर्वाचन निजिकिएसँगै सम्भावित जोखी कम गर्न चापाकोटमा प्रहरीले चेकजाँचलाई तीब्रता दिएको छ ।



    यो पनि पढ्नुहोस् :- चापाकोटबाट एमाले कार्यकर्ता छुरासहित पक्राउ

    प्रकाशित मिति :वैशाख २४, २०७९ शनिबार - ०७:४३:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology