Logo

बुधबार, जेठ ११ गते २०७९

लेक र फाँट भनेर होइन, हामी सबै मिलेर चापाकोट बनाउने होः मेयरका उम्मेदवार खाँण

लेक र फाँट भनेर होइन, हामी सबै मिलेर चापाकोट बनाउने होः मेयरका उम्मेदवार खाँण

कालीगण्डकी खबर

२४, वैशाख २०७९
  • 3.1K
    SHARES
  • लेक र फाँट भनेर होइन, हामी सबै मिलेर चापाकोट बनाउने होः मेयरका उम्मेदवार खाँण

    स्याङ्जा, २४ वैशाख ।  नेपाली काँग्रेसको तर्फबाट चापाकोट नगरपालिकाको मेयरका उम्मेदवार बन्नुभएका देव बहादुर खाँण (ईश्वर) ले लेक र फाँट भनेर चापाकोटलाई विभाजित नगर्न अनुरोध गर्नुभएको छ । 

    images
    images

    नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।  

    राजनीतिमा लेक र वेशी, साँखर र मल्याङ्कोट, सुन्तौलिटार र साँखर भन्ने कुरा हुँदैन् खाँणले भन्नुभयो, “राजनीतिमा जातीय, क्षेत्रीय, धार्मिक नारा हुन हुँदैन् । जुन मानिसमा भ्रम हुन्छ, आफूमा कमजोर मानसिकता हुन्छ, त्यस्ता मानिसले मात्रै जातिय र क्षेत्रीय नारा लगाउँछन् ।” 

    लेकको मान्छे फाँटमा चाहिएको छ, फाँटको मान्छे लेकलाई चाहिएको छ । सबै मिलेर चापाकोट बनाउने उहाँको भनाई छ । 

    चापाकोटलाई विभाजित हुने कुरा नगर्न विपक्ष साथीहरुलाई अनुरोध गर्दछु, उहाँले भन्नुभयो ।  हामी सबै मिलेर बनाउने हो, एक जना व्यक्तिले मात्रै बनाएर चापाकोट बन्दैन् । 

    आज हामी गठबन्धन किन गरिरहेका छौँ, चापाकोट बनाउन गठबन्धन गरेका छौं । मेयरका उम्मेदवार खाँणले भन्नुभयो, “आज गठबन्धन बनेर किन प्रदेश र संघमा सरकार बनेको छ ? नेपाललाई बनाउनेको लागि, नेपालको संविधान बचाउनको लागि भएको हो ।” 

    नेपाली काँग्रेसले चापाकोटको निर्वाचन जित्दै गर्दा भोलिको चापाकोट कस्तो बनाउने भनेर विषय विज्ञ, स्थानीय र प्रतिपक्ष सँग सँगै बसेर कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनसम्बन्धी चापाकोटको बहृत खाका तयार गरेर अगाडि बढ्ने खांणले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

    यो पनि पढ्नुहोस्:-  विदेशी रक्सी फाल्छौँ, कोदोको रक्सीलाई प्राथमिकता दिन्छौंः मेयरका उम्मेदवार कोइराला

    प्रकाशित मिति :वैशाख २४, २०७९ शनिबार - ११:१२:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology