स्याङ्जा, २४ वैसाख । नेकपा एमाले एमाले केन्द्रिय कमिटि सचिव पदमा अर्यालले यसपटकको स्थानीय पालिका निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको छ ।
शनिबार वालिङमा बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा समाहित हुनुभएका दाजुभाई, तथा दिदिबहिनीहरुलाई स्वागत गर्नुहुँदै सचिव अर्यालले यसपटकको स्थानिय पालिका निर्वाचनमा शासकको नभई जनताको सेवकको जित हुने भन्दै एमालेको जित सुनिश्चित भएको बताउनुभएको हो ।
एमालेप्रतिको जनलहरले जिल्लाका ११ वटै स्थानयि तहमा एमालेका उम्मेदवारहरुले विजय प्राप्त गर्ने भन्दै उहाँले भन्नुभयोर्, जनताको लहर, एमाले पार्टीप्रतिको विश्वसाले गर्दा नेकपा एमालेका उम्मेदवारको जित सुनिश्चित छ । जेष्ठ दुई गते एमालेको जितको विजयी ¥यालीमा हामी सबै सहभागि हुनेछौँ ।’
वालिङमा यसअगिाडिका निर्वाचनमा प्रमुख प्रतिपक्षीमा मात्रै रहेपनि अहिलेको जनलहरले कृष्ण खांणको नेतृत्वमा स्थानीय सरकार बन्ने ठोकुवा गर्नुभयो । सचिव अर्यालले भन्नुभयोर्, जनताले आर्शिवाद दिनुभएको छ । जनताको चाहाना पनि हो । जनताले घोषणा गरिसक्नुभएको छ । यसपटक वालिङमा एमालेको सरकार बन्नेछ ।’
वालिङमा उद्योग ग्राम निर्माण, अस्पताल, पर्यटकीय स्थलहरु जाने सडक कालोपत्र गर्ने, खानेपानीका योजनाहरु, महिला उद्यमशीलताका लागी आवश्यक तालिमहरु जस्ता थुपै्र योजनाहरु आँफु सरकारमा हुँदा ल्याएको भन्दै अरुका विरुद्ध अनावश्यक भ्रम सृजना गर्न खोज्नु आफनो कमीकमजोरी लुकाउने प्रयास भएको उहाँको भनाई छ ।
यसैबीचनेकपा माओवादीका वालिङ नगर अध्यक्ष रमेश अर्याल, वाईसिएल जिल्ला सचिव स्विकार कोईराला, विवेकशिल साझाका जिल्ला संयोजक भिम कोईराला, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य राजु पौडेल सहित अन्य विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी एमालेमा समाहित हुनुभएको हो ।
एमाले पार्टीमा समाहित हुँदै अर्यालले अवको नेतृत्व कम्युनिष्टले मात्रै अगाडि बढाउन सक्ने भन्दै एमालेमा समाहित भएको बताउनुभयो । अवको कम्युनिष्ट नेतृत्वलार्ई जनताको बहुदलीय जनबादले मात्रै अगाडि बढाउन सक्ने भएकाले एमालेमा समाहित भएको उहाँको भनाई थियो । अर्यालले विगतको १५ वर्षको राजनिति पनि गर्विलो रहेको बताउँदै आमा छोराको राजनितिक धार अहिले एक भएको भन्दै निकै भावुक समेत हुनुभयो ।
यो पनि पढ्नुहोस् :- लेक र फाँट भनेर होइन, हामी सबै मिलेर चापाकोट बनाउने होः मेयरका उम्मेदवार खाँण
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।