Logo

बुधबार, जेठ ११ गते २०७९

स्याङ्जामा एमाले कार्यकर्ताले काँग्रेस उम्मेदवारमाथि ढुंगा प्रहार

स्याङ्जामा एमाले कार्यकर्ताले काँग्रेस उम्मेदवारमाथि ढुंगा प्रहार

कालीगण्डकी खबर

२५, वैशाख २०७९
  • 15.1K
    SHARES
  • स्याङ्जामा एमाले कार्यकर्ताले काँग्रेस उम्मेदवारमाथि ढुंगा प्रहार

    स्याङ्जा, २५ वैशाख । स्याङ्जाको भीरकोट नगरपालिकामा नेकपा (एमाले)का कार्यकर्ताले काँग्रेसका उम्मेदवारमाथि ढुंगा प्रहार गरेका छन् । 

    images
    images

    चुनाव प्रचार प्रसारमा जाने क्रममा एमालेका कार्यकर्ताले प्रहार गरेको ढुंगाले लागेर काँग्रेसको तर्फबाट वडा नम्बर ८ का अध्यक्षको उम्मेदवारसहित तीन जना घाइते भएको नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिका सभापति यम प्रसाद अधिकारी (लक्ष्मण) ले दाबी गर्नुभयो ।

    घाइते हुनेमा काँग्रेसको तर्फबाट वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार बन्नुभएका  नन्दलाल खनाल, दलित महिला सदस्य हुमकला नेपाल र घनबहादुर गुरुङ रहेका छन् । 

    घाइतेमध्ये गुरुङलाई गम्भीर चोट लागेको छ । उहाँको वालिङ अस्पतालमा उपचार भइरहेको काँग्रेस नगर सभापति अधिकारीले जानकारी दिनुभयो  ।

    नेकपा एमालेको तर्फबाट भीरकोट नगरपालिकाको मेयरका उम्मेदवार बन्नु भएका विश्वनाथ अर्यालका सहयोगी एवं प्रेस चौतारी स्याङ्जाका सचिव जीवन अर्यालले उक्त घटना परिवारिक भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “यो परिवारिक विषय हो । पुजाको कार्यक्रममा सहभागी हुन आउँदा सामान्य कुरामा भनाभन हुँदा झडप भएको हो । यसलाई अहिले राजनीतिक कलरमा जोडिएको छ । यो नाताले ज्वाईँ र ससुरा बीचको घरायसी विवाद हुँदा भएको झगडा हो । सामान्य घाइते भएकालाई भीरकोटमा सामान्य उपचार गरेपछि थप उपचारको लागि वालिङ लगिएको छ भन्ने कुरा आएको छ ।”

    यो पनि पढ्नुहोस् :- स्याङ्जाका एघारवटै तहमा एमालेको जित सुनिश्चित छ: सचिव अर्याल

    प्रकाशित मिति :वैशाख २५, २०७९ आइतबार - १५:२०:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology