स्याङ्जा, २६ वैशाख । स्याङ्जाको भीरकोट नगरपालिका वडा नंम्बर ६ मा शंकास्पद वस्तु फेला परेको छ ।
नेकपा एमालेको तर्फबाट भीरकोट नगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको घर नजिकै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
कुकरमा बम जस्तो देखिने संशास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्न लागेको प्रवक्ता खनालले बताउनुभयो ।
यो पनि पढ्नुहोस् :- स्याङ्जामा एमाले कार्यकर्ताले काँग्रेस उम्मेदवारमाथि ढुंगा प्रहार
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।