Logo

बुधबार, जेठ ११ गते २०७९

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने

रासस

२९, वैशाख २०७९
  • 295
    SHARES
  • रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने

    वीरगञ्ज, २९ वैशाख । पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ ।

    images
    images

    नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।

    कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ ।

    अब परीक्षण  शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिनुभयो । विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उहाँले बताउनुभयो ।

    यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा  रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।

    प्रकाशित मिति :वैशाख २९, २०७९ बिहीबार - १०:४८:५३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology