Logo

बुधबार, जेठ ११ गते २०७९

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

एजेन्सी

२९, वैशाख २०७९
  • 340
    SHARES
  • संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

    संयुक्त राष्ट्रसंघ, २९ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ ।

    images
    images

    उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्धन्द्धका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउनुभएको छ ।

    विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उहाँले बताउनुभएको छ । विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गर्नुभएको हो ।उहाँले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।

    हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुरामा जोड दिनुभएको थियो । रुस युक्रेन द्धन्द्धका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाई छ ।

    प्रकाशित मिति :वैशाख २९, २०७९ बिहीबार - १३:२३:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology