स्याङ्जा, ३० वैशाख । स्याङ्जाको वालिङ नगरपालिकामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलाबास स्थिति भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बर जीप आज बिहान १०२० दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
घाइते १२ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
जीप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।
गाडीमा कति जना सवार थिए त्यो भने अहिलेसम्म खुलेको छैन् । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।