Logo

बुधबार, जेठ ११ गते २०७९

अपडेट: स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १३ घाइते

अपडेट: स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १३ घाइते

कालीगण्डकी खबर

३०, वैशाख २०७९
  • 20.2K
    SHARES
  • अपडेट: स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १३ घाइते

    स्याङ्जा, ३० वैशाख ।  स्याङ्जाको वालिङ नगरपालिकामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

    वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलाबास स्थिति भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको  ग २ च ३०२६ नम्बर जीप आज बिहान १०:२० दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालका अनुसार घाइते १२ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको  छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । 

    जीप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । 

    गाडीमा कति जना सवार थिए त्यो भने अहिलेसम्म खुलेको छैन् । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

    images
    images



    यो पनि पढ्नुहोस् :- वालिङमा बीस जना यात्रु बोकेको जीप दुर्घटना

    प्रकाशित मिति :वैशाख ३०, २०७९ शुक्रबार - १२:०३:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology