स्याङ्जा, ३० वैशाख । स्याङ्जाको वालिङ नगरपालिकामा मतदाता बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलाबास स्थिति भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बर जीप आज बिहान १०ः२० दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
जीप दुर्घटना परी मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुवर, ५० वर्षीय कुलदपि कुवर, ५० वर्षीय डेम कुमारी कुवर, ८६ वर्षीय हरीकला कुवर, ५० वर्षीय टेककला कुवर, २५ वर्षीय मुना कुवर, ७० वर्षीय भिमकला कुवर, ७० वर्षीय मुवा कुमारी कुवर, ४३ वर्षीय पोट कुमारी कुवर, ४३ वर्षीय जानुका कुवर, ४२ वर्षीय ज्ञान दली कुवर, ५० वर्षीय मिना कुवर र उमेर नखुलेकी फुल देवि कुवर रहेका छन् ।
जीप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।
घाइते ११ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको छ भने एक जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते सबैको अवस्था चिन्ताजनक भएको हुँदा मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस् :-अपडेट: स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, १३ घाइते
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।