Logo

बुधबार, जेठ ११ गते २०७९

स्याङ्जामा जीप दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १२ घाइते (नामावलीसहित)

स्याङ्जामा जीप दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १२ घाइते (नामावलीसहित)

कालीगण्डकी खबर

३०, वैशाख २०७९
  • 3.3K
    SHARES
  • स्याङ्जामा जीप दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १२ घाइते (नामावलीसहित)

    स्याङ्जा, ३० वैशाख । स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलाबास स्थिति भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ जाँदै गरेको  ग २ च ३०२६ नम्बर जीप आज बिहान १०ः२० दुर्घटना १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

    जीप दुर्घटना परी मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने  ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुवर, ५० वर्षीय कुलदपि कुवर, ५० वर्षीय डेम कुमारी कुवर, ८६ वर्षीय हरीकला कुवर, ५० वर्षीय टेककला कुवर, २५ वर्षीय मुना कुवर, ७० वर्षीय भिमकला कुवर, ७० वर्षीय मुवा कुमारी कुवर, ४३ वर्षीय पोट कुमारी कुवर, ४३ वर्षीय जानुका कुवर, ४२ वर्षीय ज्ञान दली कुवर, ५० वर्षीय मिना कुवर र उमेर नखुलेकी फुल देवि कुवर रहेका छन् ।

    त्यसै गरी वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुलेको बेल माया कुवर, जीप चालक भुल वहादुर कुवर, गौमती थापा, वर्ष ज्ञान माया कुवर, सरस्वती कुवर, कविता कुवर, अनिष कुवर, कुशल कुवर, ज्यामकली कुवर, कौशल कुवर, सिता कुवर र नेत्र बहादुर कुवर घाइते भएका छन् ।  

    नेत्र कुवरको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । बाँकी सबै घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    images
    images

     सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेकाले उहाँको वालिङमै उपचार भइरहेको छ । तिवारी पसलमा मतदान चलिरहेको छ । सोही मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एकै गाउँका धेरैको सङ्ख्यामा मृत्यु भएपछि अहिले गाउँ नै पूरै शोकमा डुबेको छ ।

    जीप सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । 

    घाइते एक जना बाहेक सबैको अवस्था गम्भीर भएको हुँदा मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।  प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ । 

    यो पनि पढ्नुहोस् :- स्याङ्जामा जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो (नामावलीसहित)

    प्रकाशित मिति :वैशाख ३०, २०७९ शुक्रबार - १३:१४:३७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology