Logo

बुधबार, जेठ ११ गते २०७९

थप सातमा कोरोना सङ्क्रमण पुष्टि

थप सातमा कोरोना सङ्क्रमण पुष्टि

कालीगण्डकी खबर

३०, वैशाख २०७९
  • 292
    SHARES
  • थप सातमा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ, ३० वैशाख । देशभर पछिल्लो २४ घण्टामा थप सात  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४३७ को नमूना परीक्षण गरिएको थियो ।

    images
    images

    एक हजार १४८ पिसिआर र २८९ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८७३ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कसैले पनि कोभिड विरुद्धको खोप लगाएका छैनन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १६४ सङ्क्रमित रहेका छन् । 

    प्रकाशित मिति :वैशाख ३०, २०७९ शुक्रबार - २०:४४:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology