Logo

बुधबार, जेठ ११ गते २०७९

जीप दुर्घटनाप्रति नेपाली काँग्रेसद्वारा दुःख ब्यक्त

जीप दुर्घटनाप्रति नेपाली काँग्रेसद्वारा दुःख ब्यक्त

कालीगण्डकी खबर

३१, वैशाख २०७९
  • 376
    SHARES
  • जीप दुर्घटनाप्रति नेपाली काँग्रेसद्वारा दुःख ब्यक्त

    वालिङ, ३१ बैशाख । स्याङ्जाको वालिङ १४ अर्खलबासमा आज भएको जीप दुर्घटनाप्रति नेपाली काँग्रेसले दुःख ब्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. २  र वालिङ नगर समितिले ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति दुःख ब्यक्त गरेको हो ।

    images
    images

    क्षेत्रीय सभापति दिलीपप्रताप खाँण र वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले आज एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

    ठूलो संख्यामा मानवीय क्षति भएको छ भने घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । जीप दुर्घटनामा परी मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको  छ। त्यस्तै मृत्यु भएकाको परिवारलाई वालिङ नगरपालिकाबाट जनही एकलाख र नेपाल सरकारबाट जनही पाँच लाख क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरिएको छ ।

    मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । बिहान साढे दश बजेको समयमा वालिङ १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदा ग २ च ३०२६ नम्बरको जीप पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रबीन्द्र खनालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी ज्यान  गुमाउने १४ जना र १२ जना घाईतेहरु एउटै गाउँका भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

    प्रकाशित मिति :वैशाख ३१, २०७९ शनिबार - ०७:१७:१० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology