Logo

बुधबार, जेठ ११ गते २०७९

सल्यानका सात स्थानीय तहको मतगणना जारी

सल्यानका सात स्थानीय तहको मतगणना जारी

कालीगण्डकी खबर

३१, वैशाख २०७९
  • 223
    SHARES
  • सल्यानका सात स्थानीय तहको मतगणना जारी

    सल्यान, ३१ वैशाख । जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन  तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

    images
    images

    बाँकी बनगाड कुपिण्डे र बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले शारदा नगरपालिका सहित दार्मा र सिद्ध कुमाख र कुमाख गाउँपालिकामा अग्रता लिएको छ । एमालेले त्रिवेणी गाउँपालिाका, माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिका र समाजवादीले कपुरकोट गाउँपालिकामा प्रारम्भिक नतिजामा अग्रता लिएका छन् ।  
     
     जिल्लामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ भने माओवादी र समाजवादीको गठबन्धन रहेको छ । जिल्लामा एक लाख ५७ हजार १५७ मतदाता रहेकामा एक लाख आठ हजार ८१२ अर्थात् ६८ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीन चन्दले जानकारी दिनुभयो । 

    उहाँका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र केही स्थानीय तहमा मतपेटीका गणनास्थलसम्म ल्याउन ढिला भएकाले अहिले मतगणना सुरु गरिएको जानकारी दिनुभयो । 

    प्रकाशित मिति :वैशाख ३१, २०७९ शनिबार - ०८:२९:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology