Logo

बुधबार, जेठ ११ गते २०७९

हरिनास १ मा काँग्रेसका गुरुङ बिजयी

हरिनास १ मा काँग्रेसका गुरुङ बिजयी

कालीगण्डकी खबर

३१, वैशाख २०७९
  • 1.3K
    SHARES
  • हरिनास १ मा काँग्रेसका गुरुङ बिजयी

    वालिङ, ३१ बैशाख । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ बिजयी हुनुभएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको हरिनास गाउँपालिकाको वडा नं। १ मा बिजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गर्नुभएको हो ।

    images
    images

    उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गर्नुभयो । दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यहरुमा गठबन्धनकातर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित बिजयी हुनुभएको निर्वाचन अधिकृत घनश्याम सुबेदीले जानकारी दिनुभयो ।

    गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै शुरुवाती अग्रता रहेको छ । गठबन्धनकातर्फबाट काँग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ ।

    स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकाका ९७ वडामध्ये हरिनास गाउँपालिका १ मा नेपाली काँग्रेसले बिजयीको खाता खोलेको हो ।

    प्रकाशित मिति :वैशाख ३१, २०७९ शनिबार - १०:२७:२३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology