वालिङ, ३१ बैशाख । स्याङ्जाको फेदीखोला गाउँपालिका ५ मा नेपाली काँग्रेसका डिलबहादुर गुरुङ बिजयी हुनुभएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको फेदीखोला गाउँपालिकाको वडा नं। ५ मा बिजयी हुनुभएका गुरुङले ४०० मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतनदास शर्माले ३५९ मत प्राप्त गर्नुभयो ।
दुई वडाअध्यक्षका बीचमा ४१ मतान्तर रहेको छ । त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसकातर्फबाट महिला सदस्यमा पार्वती क्षेत्री, खुल्ला सदस्यमा कमल लामिछाने क्षेत्री, थमनबहादुर गुरुङ बिजयी हुनुभएको छ ।
दलित महिला सदस्यमा भने नेकपा एमालेबाट कौशिला परियार बिजयी हुनुभएको निर्वाचन अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो । स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकाका ९७ वडामध्ये यसअघि हरिनास गाउँपालिका १ मा नेपाली काँग्रेसले बिजयीको खाता खोलीसकेको छ ।
योसँगै स्याङ्जाका दुई वटा वडामा नेपाली काँग्रेसले बिजयी शुरुवात गरेको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।