फुङ्लिङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।
एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गर्नुभएको छ । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गनुभएको थियो भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गर्नुभएको हो ।
१३२ मतले लिम्बू पराजित हुनभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।
यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।
नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।