ललितपुर, ३१ वैशाख । जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ ।
एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिनुभयो । केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उहाँको भनाइ थियो ।
उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० ९७७ दशमलव ९६ प्रतिशत० मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो ।
हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।