काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।
मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।
महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।