काठमाडौँ, १० जेठ । स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । स्थानीय निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न भएको छ ।
अधिकांश स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भई निर्वाचितले काम थालनी गरिसकेका छन् । बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।