Logo

मंगलबार, असार २१ गते २०७९

काँग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही

काँग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही

कालीगण्डकी खबर

१०, जेठ २०७९
  • 730
    SHARES
  • काँग्रेस केन्द्रीय सदस्य वाग्लेसहित आठ जनालाई कारबाही

    तनहुँ, १० जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभासदस्य धु्रव वाग्लेसहित आठ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । 

    images
    images

    व्यास नगरपालिका–¬५ को वडा कार्यसमितिको बैठकले कारबाहीका लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

    पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गङ्गाबहादुर राना, भीमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्यसमिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको छ ।  

    व्यास–५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन्  । 

    गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले नेपाली काँग्रेस व्यासका प्रमुख, उपप्रमुख र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको बताइएको छ ।

    पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्न उक्त सिफारिस पत्रमा उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :जेठ १०, २०७९ मंगलबार - १९:१८:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology