Logo

मंगलबार, असार २१ गते २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

कालीगण्डकी खबर

१०, जेठ २०७९
  • 568
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

    काठमाडौँ, १० जेठ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । 

    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभयो । 

    त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत  नीति तथा कार्यक्रममा समेटिएको छ ।

    सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने नीति लिएको छ । 
       
    मुलुकका सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लैजाने सरकारको योजना छ । राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ ।

    पर्वतीय खेलकुदलाई अघि बढाउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिनेछ । 

    प्रकाशित मिति :जेठ १०, २०७९ मंगलबार - २०:१३:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology