Logo

मंगलबार, असार २१ गते २०७९

टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

एजेन्सी

११, जेठ २०७९
  • 523
    SHARES
  • टेक्सास विद्यालय नरसंहारः १८ बालबालिकासहित २१ जनाको हत्या

    उभाल्डे, टेक्सास, ११ जेठ । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । 

    images
    images

    टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो ।

    प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् । 

    यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि  अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो ।  स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।

    प्रकाशित मिति :जेठ ११, २०७९ बुधबार - १३:५३:२८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology