Logo

मंगलबार, असार २१ गते २०७९

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

कालीगण्डकी खबर

१८, जेठ २०७९
  • 523
    SHARES
  • मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

    जनकपुर, १८ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

    images
    images

    प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो ।

    आव २०७९÷८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताउनुभयो ।

    यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्री छ । 

    नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

    प्रकाशित मिति :जेठ १८, २०७९ बुधबार - ०९:४५:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology