Logo

मंगलबार, असार २१ गते २०७९

किन ?

किन ?

कालीगण्डकी खबर

२०, जेठ २०७९
  • 787
    SHARES
  • किन ?

    प्रत्येक चोटि
    नेता आउँछ
    आशा देखाउँछ
    अनि
    आफैँ मोटाएर जान्छ
    प्रत्येक चोटि
    बजेट आउँछ
    सुनाउँछ नानाथरि
    अनि
    विकास खोसेर जान्छ
    विनाश निम्त्याएर जान्छ
    वन मास्छ
    पानीको मूल सुकाउँछ
    खोला बेच्छ
    नदी किनार खोतल्छ
    लाखौँ युवा विदेश पठाएर
    संवृद्धि खोज्ने मेरो देश
    प्रत्येक घरको बलियो लखेटेर 
    सुखको अनुभूति दिन्छु भन्ने शासक
    प्रत्येक चुनावमा सेवक हुने नारा
    अनि
    जितेपछि अलपत्र पार्ने प्रतिनिधि
    सबै-सबै लाग्छ
    एउटा दन्त्य कथाका पात्र
    किन पहिरिहेछन् अविर
    किन लाइरहेछन् खादा
    किन भिरिरहेछन् माला
    स्वार्थमा लिप्त हुने
    व्यवस्थाका पुजारी बनेर 
    आफैं मात्र हसुर्न प्रसाद
    जनतालाई लुट्ने
    अनि 
    आवधिक चुनाव कुरेर
    खर्चने
    बदलामा
    कुम्ल्याउने होडबाजी 
    कहिले बन्द होला ?
    हामी प्रश्न गरिरहेका छैनौं 
    किन ?
    पैसाले भोट किन्ने प्रतिनिधिसित।

    images
    images

    प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रबार - ०९:१८:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology