Logo

मंगलबार, असार २१ गते २०७९

'अलिअलि तिमीसँग'मा रोमाण्टिक मुडमा देखिए आकाश र पूजा

'अलिअलि तिमीसँग'मा रोमाण्टिक मुडमा देखिए आकाश र पूजा

कालीगण्डकी खबर

२९, जेठ २०७९
  • 523
    SHARES
  • 'अलिअलि तिमीसँग'मा रोमाण्टिक मुडमा देखिए आकाश र पूजा

    काठमाडौं, २९ जेठ । गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनमा समावेश रोमाण्टिक भर्सनको 'अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    images
    images

    युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द  हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको  रहेको छ।  

    शास्त्रीय संगीतको समिश्रण रहेको यस गीतमा गायक न्यौपानेको नै संगीत रहेको छ।  गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। 

    म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  

    बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 'सक्रिय क्रियशन' नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

    (भिडियो हेर्नुहोस्)  

    प्रकाशित मिति :जेठ २९, २०७९ आइतबार - १९:२६:२३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology