Logo

मंगलबार, असार २१ गते २०७९

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा ओमान सहजै पराजित  

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा ओमान सहजै पराजित  

कालीगण्डकी खबर

१, असार २०७९
  • 349
    SHARES
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा ओमान सहजै पराजित  

    काठमाडौँ, १ असार । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । 

    images
    images

    ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।

    ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । 

    एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा ग¥यो ।

    नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो । 

    यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।

    बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो ।

    ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।

    बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । जितसँगै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

    नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ः१५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ । 

    प्रकाशित मिति :असार १, २०७९ बुधबार - ०७:३२:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology