Logo

मंगलबार, असार २१ गते २०७९

सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

कालीगण्डकी खबर

१, असार २०७९
  • 262
    SHARES
  • सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

    डोटी, १ असार । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । 

    images
    images

    नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा कांग्रेसकै स्मृति चुनारा निर्वाचित हुनुभएको हो । 

    यसैगरी जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी हुनुभएको छ भने उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का खगराज भुसाल विजयी हुनुभएको छ । 

    जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित हुनुभएको हो । 

    जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

    बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी हुनुभएको छ । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धन दलहरुका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी हुनुभएको हो । 

    यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित हुनुभएको छ । 

    जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनका उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

    समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :असार १, २०७९ बुधबार - १५:५७:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology