Logo

मंगलबार, असार २१ गते २०७९

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

कालीगण्डकी खबर

१, असार २०७९
  • 328
    SHARES
  • राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन

    रुपन्देही, १ असार । स्वास्थ्य, जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । 

    images
    images

    आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।  

    जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहनुभएकोे सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृती प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९-०८० को बजेट स्वीकृतीका लागि पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :असार १, २०७९ बुधबार - १९:४५:५५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology