बनेपा, २ असार । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी हुनुभएको छ ।
धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली काँग्रेसका रिमबहादुर तामाङ विजयी हुनुभएको छ ।
यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र) का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, काँग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी हुनुभएको छ ।
विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभयो ।
काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा काँग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो ।
काँग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।