Logo

मंगलबार, असार २१ गते २०७९

स्याङ्जाबाट खयरसहित एक जना पक्राउ

स्याङ्जाबाट खयरसहित एक जना पक्राउ

कालीगण्डकी खबर

२, असार २०७९
  • 3.3K
    SHARES
  • स्याङ्जाबाट खयरसहित एक जना पक्राउ

    स्याङ्जा, २ असार । स्याङ्जाको चापाकोट नगरपालिका ७ बाट खयरको काठसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पाल्पा, रामपुर नगरपालिका ६ बस्ने ट्याक्टर चालक २३ वर्ष सोम बहादुर कुमाल रहेको प्रहरीले बताएको छ ।

    इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहका अनुसार खहरे तिलपुर सामुदायिक वन ७ वनकट्टाबाट लोड गरिरहेको अवस्थामा खयरको काठसहित  लु ३ त ३३४२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images

    प्रहरीले ट्याक्टर, ट्याक्टर चालक र बरामद गरेको खयर आवश्यक कारर्वाहीको लागि सव डिभिजन वन कार्यालय दामाचौरमा बुझाएको बताएको छ ।

    प्रकाशित मिति :असार २, २०७९ बिहीबार - १९:४९:१३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology