Logo

मंगलबार, असार २१ गते २०७९

स्याङ्जामा गाँजा नष्ट गर्ने अभियान तीब्र 

स्याङ्जामा गाँजा नष्ट गर्ने अभियान तीब्र 

कालीगण्डकी खबर

४, असार २०७९
  • 1.8K
    SHARES
  • स्याङ्जामा गाँजा नष्ट गर्ने अभियान तीब्र 

    स्याङ्जा, ४ असार । स्याङ्जाको चापाकोट नगरपालिकामा गाँजा नष्ट गर्ने अभियानलाई प्रहरीले तीब्रता दिएको छ । 

    images
    images

    रातिको समयमा टोलटोलमा  गाँजा खाएर होहल्ला गर्दै हिड्ने गुनासो आएपछि प्रहरीले गाँजा नष्ट गर्ने अभियान चलाएको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले बताउनुभयो । 

    उहाँले भन्नुभयो, 'चापाकोट नगरपालिका ९ को विभिन्न ठाउँहरूमा एकैदिनमा ५ सय बढी गाँजाका बोट फडानी गरिएको छ । अब  घर घर पुगेर गाँजाको बोट फडानी गर्ने योजना बनाएर कार्यक्रम अगाडि बढाएका छौं ।'

    पछिल्लो समय स्कुल र क्याम्पसका बिद्यार्थीले बढी मात्रामा गाँजा सेवन गरी टोलाउने झोक्राउने, होहल्ला गर्दै हिड्ने गुनासो अभिभावकबाट आएपछि गाँजा नष्ट गर्ने अभियान चलाएको डिएसपी शाहले  बताउनुभयो ।

    प्रकाशित मिति :असार ४, २०७९ शनिबार - १०:२७:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology