गण्डकी, ४ असार । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।
आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो ।
बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।