काठमाडौं, ५ असार । मोडल शाक्षी लम्साल र बिष्णु खरेल अभिनित 'माया बस्यो है बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र संगीत रहेको छ।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो।
गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।
यसअघि गायक गिरीको स्वरमा रहेको 'बधाई छ', 'मिल्टेरिको जुत्ता', 'म जे छु', 'मलाई एकछिन देउ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।
भिडियो गायक गिरीको आधिकारिक च्यानल 'पवन गिरी अफिसिएल' मार्फत सार्वजनिक भएको हो।
भिडियो हेर्नुहोस् :-
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।