Logo

मंगलबार, असार २१ गते २०७९

जिसस म्याग्दीमा एमाले विजयी

जिसस म्याग्दीमा एमाले विजयी

कालीगण्डकी खबर

६, असार २०७९
  • 235
    SHARES
  • जिसस म्याग्दीमा एमाले विजयी

    म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । 

    images
    images

    बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो । 

    उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको थियो ।

    सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध हुनुभएको थियो ।  

    जिसस प्रमुखमा निर्वाचित थापा एमाले जिल्ला कमिटि उपसचिव हुनुहुन्छ । जिससमा एमालेका सात, काँग्रेसका तीन र माओवादी केन्द्रका दुईसहित १२ मतदाता थिए ।  

    प्रकाशित मिति :असार ६, २०७९ सोमबार - ०७:३३:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology