Logo

मंगलबार, असार २१ गते २०७९

वालिङमा स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण

वालिङमा स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण

कालीगण्डकी खबर

७, असार २०७९
  • 2.3K
    SHARES
  • वालिङमा स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण

    वालिङ, ७ असार । स्याङ्जाको वालिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मंगलबार स्कूल ब्याग, स्टेशनरी र हाईजिन किट््स वितरण गरिएको छ ।

    images
    images

    चाईना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेण्टको समन्वय तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा विद्यालयका शिशुदेखि आठ कक्षासम्मका २५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

    शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै तिवारीले शैक्षिक सामग्री प्राप्त भएसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास तथा थप उर्जा दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गराउँदै शैक्षिक गुणस्तर बृद्धिकालागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्नेछौं” उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था निक्कै नै कमजोर भएकैकारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” यस अभियानालाई वालिङ, गल्याङ, भीरकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीमाझ पु¥याईने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले सामुदायिक विद्यालयमा पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार हुँदै गएकाले अभिभावक तथा विद्यार्थीको विश्वास जित्दै अगाडि बढेको दावी गर्नुभयो ।

    उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकालागि र विद्यार्थीमा थप उर्जाकालागि यस खालका सहयोगले निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रम संयोजक सुरेश प्याकुरेलले शैक्षिक सामग्रीहरुकाबारेमा जानकारी दिंदै त्यसको सही सदुपयोगकालागि शिक्षक, अभिभावक तथा विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रधानाध्यापक तिलक पराजुलीले स्वागत र शिक्षक गोविन्द काफ्लेले सञ्चालन गर्नुभएको थियो ।

    यस अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका एघार विद्यालयका एकहजार २५९ बालबालिकालाई स्कूल ब्याग, स्टेशनरी, हाईजिन किट्स, छाता लगायतका २१ प्रकारका सामग्रीहरु वितरण गरिने आयोजकले जनाएको छ ।  

    प्रकाशित मिति :असार ७, २०७९ मंगलबार - १६:००:११ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology