१
केको रौनक
पलास फूलजस्तो
आयो चुनाव।
२
विना सुवास
चल्दैछ यो बतास
गर्दै हतास।
३
खुल्यो आयोग
योग्यता नचाहिने
रैछ चुनाव।
४
भोज भतेर
जति गीत गाए निः
छैन पत्यार।
५
पैसा होडमा
मतदेऊ भनेर
ढोग्छन् गोडामा ।
६
प्रतिवद्धता
कागजमा लेखिन्छ
खोस्टो देखिन्छ।
७
प्यारा जनता
भोट दिई आकाशे
फल हेरत।
८
लाटा नबनौं
आफूलाई आफैले
अब नबेचौं।
९
खुल्यो जागिर
भाग्यलेखा कस्कोछ ?
हुन्छ हाँजिर।
टेक बहादुर लौडारी
भानुचार, तनहुँ
हाल रानीवन, काठमाडौं
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।