Logo

मंगलबार, असार २१ गते २०७९

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

पत्रपत्रिकाबाट

८, असार २०७९
  • 268
    SHARES
  • सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

    काठमाडौं, ८ असार । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन ।

    images
    images

    नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेकै ‘योजना र दबाबमा सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको’समेत खुलासा भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि पनि अकासिदो छ भने यातायात भाडादर अनियन्त्रित बन्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

    बजारमा जथाभाबी मूल्यवृद्धि हुँदासमेत वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनसहित कारबाही गर्नुको साट्टा उल्टै व्यापारीसँग ‘सेटिङ’ गर्ने गरेको आरोप मन्त्रालयका सचिव तथा निगम अध्यक्ष पाण्डेमाथि लागेको छ ।

    यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको भूमिकासमेत ‘शंकास्पद’ रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री र मन्त्री वडुलाई सहज हुनेगरी पाण्डेकै नेतृत्वको आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियममा भारी मूल्य वृद्धि गरेको हो ।

    स्वार्थी समूह र कमिसन एजेन्टको प्रलोभनमा परेर उनीहरूले भारी मात्रामा मूल्यवृद्धि गराएको र त्यससम्बन्धी सूचना पहिले नै चुहाएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले ‘पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको’ हो ।

    आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल लिटरको १ सय ९९ र डिजल तथा मट्टितेल १ सय ९२ रुपैयाँ पु¥याइएको छ । अनियन्त्रित रूपमा गरिएको मूल्यवृद्धिको देशव्यापी विरोध भइरहँदासमेत प्रधानमन्त्री, वाणिज्यमन्त्री र वाणिज्य सचिव पाण्डे ‘मूकदर्शक’ छन् ।

    प्रकाशित मिति :असार ८, २०७९ बुधबार - ०७:३२:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology