Logo

मंगलबार, असार २१ गते २०७९

नगरपालिकाले सञ्चालनमा ल्यायो पशु बधशाला

नगरपालिकाले सञ्चालनमा ल्यायो पशु बधशाला

कालीगण्डकी खबर

८, असार २०७९
  • 292
    SHARES
  • नगरपालिकाले सञ्चालनमा ल्यायो पशु बधशाला

    तनहुँ, ८ असार । व्यास नगरपालिका–३ देउराली नगरमा पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाले रु १३ लाखको लगानीमा बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण  जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

    नवनिर्मित बधशालामा एकै पटक चार वटासम्म राँगा, भैँसी काट्न मिल्ने क्षमताको रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । पशुबध गरेपछि निस्कने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गर्ने योजना रहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।

    करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ । बधशाला क्षेत्रमा मङ्गलबार मात्रै सौन्दर्यता प्रदान गर्ने किसिमका बिरुवा रोपिएको छ । 

    म्याङ्गोस्ट्रिक, गोलमोल, असारे र अन्य सिजनल जातका ४२ बिरुवा रोपिएको छ । उक्त बधशालामा सरसफाइ र फूलबारी संरक्षणका लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा व्यास नगरपालिकाले स्थानीय विष्णु विकलाई राखेको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।

    नगरपालिकाले सधैँ हेरचाह र सरसफाइ गर्न नसक्ने भएकाले उक्त स्थलको हेरचाह र सरसफाइका लागि स्थानीय एक महिलालाई रोजगारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । 

    दमौली बजार क्षेत्रमा सङ्घमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका १०० भन्दाबढी मासु व्यवसायी रहेको मासु व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष मनबहादुर केसीले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :असार ८, २०७९ बुधबार - १६:०७:३८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology