Logo

मंगलबार, असार २१ गते २०७९

डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

एजेन्सी

८, असार २०७९
  • 157
    SHARES
  • डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

    कोपेनहेगन, ८ असार । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । 

    images
    images

    सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । 

    उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ ।

    यस पटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ । 

    प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।   

    बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ ।

    डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ । 

    प्रकाशित मिति :असार ८, २०७९ बुधबार - २०:४०:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology